कालापानी लिपुलेख भारतको हो भन्ने भारतीय सेनाध्यक्ष नेपाल आउँदै ,
कार्तिक ,११ काठमान्डौ – भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे कार्तिक १९ गते काठमाडौं आउने भएका छन्।
नरवणे नेपालमा तीन दिन भ्रमणका लागि रहनेछन । तेस्तै नेपाली सेनाले नरवणेको भ्रमण तालिकाबारे आजै विज्ञप्तिमार्फत जानकारी दिने बताएको छ।
सेनाध्यक्ष नरवणे २०७६ माघ २० गतेनै नेपाल आउने भनेपनि जारी बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ।
कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण नरवणे आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सीमा विवादको कुरा निकालेको दाबी गरेका थिए।
भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। उक्त दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने सेनाले जनाएको छ।