गायिका कमला पोख्रेल र राजु सुनामको ए पापी लुटेरा बजारमा सार्वजानिक ,
मङ्सिर ५ ,काठमान्डौ – लोक संगीतमा एक फरक धार बोकेको गित ए पापी लुटेरा भर्खरै बजारमा सार्वजनिक भएको छ।
पछिल्लो समयमा निकै चर्चामा रहेका संगीतकार ,एरेञ्जर ,गायक राजु सुनामको संगीत स्वर रहेको गितमा कमला पोख्रेलको पनि स्वर रहेको छ।
गितको शब्द भने काली प्रसाद थापाले कोरेका हुन्। कपिल लामाले निर्देशन गरेको यो गितमा दिपक गिरीको छयांकन रहेको छ।
सारिका केसी ,काली प्रसाद थापा ,जोन बहादुर बमको अभिनय रहेको गितलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।
जनता फ्लिमसले पोस्ट प्रोडक्सन गरेको गितलाई कस्तुरी म्युजिकले बजार व्यवस्थापन गरेको छ।

