Gold
Bangad salyan

गायिका अन्जु पन्त विवाह गर्दै ,

माघ २०,चर्चित गायिका अन्जु पन्तले विवाह गर्ने भएकि छिन ,उनले इलामका थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् । गायिका अन्जु पन्त र थिर कोइरालाबीच करिब तीन वर्ष अगाडि चिनजान भएको थियो ।

उनीहरु एक वर्षदेखि ‘रिलेसनसिप’मा रहदै आइरहेका छन् । थिर २० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् उनि गीतकार हुन् । थिरका अनुसार विवाह अहिलेनै भने गर्दैनौ ,दुवै परिवारबीच छलफल चलिरहेको छ।

विवाह बन्धनमा बाँधिने कुरा भने सत्य हो उनले भने । सुरुमा मनोजराजसँग विवाह गरेकी अञ्जु सम्बन्ध विच्छेदपछि एक्लै बस्दै आएकी छिन् । अन्जुको छोरी परितोशिका पनि छिन ,उनि पछिल्लो समयमा मोडल क्षेत्रमा प्रवेश गरेकी छिन।

केहि हप्ता अगाडी मात्र उनले धेरै माया नदेउ मलाई बोलको भिडियोमा अभिनय गरेकी छिन जसलाई दर्शाले अत्यधिक मनपराएका छन्।