Gold
Bangad salyan

सुर्खेतमा देखियो बर्डफ्लु,

फागुन ८ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेतमा बर्डफ्लू फेला परेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १२ नौलो टोलस्थित स्थानीयले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो।

प्रदेशमा बर्डफ्लू भित्रिएको आशंकामा पशु सेवा विभागले नमुना परीक्षण गर्दा देखिएको बर्डफ्लू प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी विकास शाखाले जनाएको छ।

बर्डफ्लु देखिएपछि शुक्रबार राति १२ बजेतिर गएर दुई जनाको सानो –ठुलो गरेर ३ सय ८१ कुखुराहरु र २ सय ५ वटा परेवाहरु नष्ट गरिएको पशु विकास अधिकृत प्रचण्ड खड्का क्षेत्रीले बताए ।

रोग फैलिन सक्ने सम्भावना देखिएपछि शुक्रबार रातिनै सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्ड फ्लु पुष्टि भएका स्थानीयका कुखुरा नष्ट गर्ने काम भएको थियो ।

केहि हप्ता अगाडी काठमान्डौको कृतिपुरमा स्थानीयले घरमा पालेका हाँस र टर्किसमा बर्डफ्लू फेला परेको थियो।