Gold
Bangad salyan

सुर्खेतमा धर्ना बसेका वादी समुदायमाथि प्रहरीको लाठ्ठी चार्ज केहि घाईते ,

फागुन १६ ,सुर्खेत – उचित बासस्थानको माग गर्दै कर्णाली प्रदेशका वादी समुदायहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी धर्नामा बसेका छन् । शान्तिपूर्ण रुपले आन्दोलनमा बसेपनि सरकारले आफूहरुका माग पुरा नगरेपछि आज वादी समुदायले नाराबाजी गर्दै आइतबार मुख्यमन्त्री कार्यालयको गेट तोडफोड गरेका छन् ।

उनीहरुमाथि आज प्रहरीले लाठ्ठी चार्ज समेत गरेको छ भने केहि नागरिक घाईते भएको वादी समुदायका अगुवा हिक्मत बादीले रंग दर्पणलाइ बताए ,उनका अनुसार सरकारले आफूहरुका माग वेवास्था गरेपछि वार्ता सफल हुननसकेको पनि बताए।

प्रहरीको लाठ्ठीबाट केहि नागरिकको हात, खुट्टा र टाउकोमा चोट लागेको छ।माग पुरा नभए थप आनोलन सशक्त बनाईने पनि उनले बताए। सरकारले हाम्रो आवाज नसुनेपछि हामीले उठेर नाराबाजी गरेका थियौ ,तर प्रहरीले हस्तक्षेप गर्यो ,लाठ्ठी चार्ज गर्यो महिला हरुका कपडा च्यातिएका छन् ,हामीलाई बसोबासको व्यस्था नभए हजारौ वादी समुदाय ज्यान दिन तयार रहेको पनि हिक्मत वादीले बताए।

आफुहरुको बसोबास नभएपछि ४ दिनदेखि उनीहरु दैलेख जिल्लाबाट पैदल हिडेर सुर्खेत आएका थिए। अहिले ४ सय बादी समुदाय मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा धर्नामा बसिरहेका छन् ।

आफुहरुलाई खेतिगर्न लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको मागसहित वादी समुदायले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्नामा बसिरहेका
हुन् ।