मलेशियाबाट १२ जना नेपालीको शव नेपाल ल्याईयो ,
चैत २३ ,काठमान्डौ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले युवाहरुलाई वैदेशिक रोजगारमा पठाउने र उनीहरुको शव भित्राएर समृद्धिको नारा नलगाउन बताएका छन्।
हिजो आईतबारमात्र वैदेशिक रोजगारबाट नेपालीका १२ वटा शव नेपाल ल्याईएको छ।स्वदेश आइपुगेका श्रमिकको शवलाई श्रद्धाञ्जली दिन त्रिभुवन विमानस्थलमा पुगेका भट्टराईले देशमा सरकारले रोजगारीको व्यवस्था गर्न नसक्दा दैनिक जस्तो युवाहरु खाडी मुलक पस्ने गरेको र उनीहरले अकालमा अज्यां गुमाउनु परेको समेत जनाए।
विभिन्न कारणले मलेशियामा मृत्य भएका उनीहरुको वाइडबडी विमानको अभावले शव नेपाल ल्याउन सकीएको थिएन।
वैदेशिक रोजगार बोर्डका अनुसार महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइपुगेको हो ।
तेस्तै भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्ज्वल भुजेलको शव आइपुगेको छ ।
कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आॅसु थामिन्थ्यो र! pic.twitter.com/79O6XWtIIc
— Baburam Bhattarai (@brb1954) April 4, 2021

