Gold
Bangad salyan

सानी भेरी नदीमा बालकको पौडी खेल्दै गर्दा डुबेर ज्यान गयो ,

बैशाख १५ ,रुकुमपश्चिम – कर्णाली प्रदेश रुकुमपश्चिम सानिभेरी नदिमा पौडी खेल्ले क्रममा एक बालकको डुबेर ज्यान गएको छ।

बुधबार दिउँसो मुसिकोट नगरपालिका वडा नम्बर ५ रुकुमपुर्व गेरुढुगा भन्ने स्थानमा बाट पौडी खेल्ल भेरीमा हाम फालेका पुथा उत्तरगगा गाउँपालिका वडा नम्बर ५ रुकुम पुर्व १४ बर्षिय निशान घर्तीमगर डुबेर ज्यान गएको जिल्ला प्रहरी रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले हामीलाई जानकारी गराएका हुन् ।

उनि अध्यनको सिलसिलामा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ९ बसदै आएका थिए। कोरोना भाईरस संक्रमणको कारण बिधालय बन्द भएपछि ५ जना साथीहरसंग मिलेर सानिभेरीमा पौडी खेल्न गएको उनका साथीहरुले बयान दिएका छन्।

निशान त्रिभुवन जनता माध्यमिक बिधालय मुसिकोटमा कक्षा ८ मा अध्ययनरत थिए।मृ,तक घर्तीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले लगिएको प्रहरी निरीक्षक कपिल शाहीले जनाए।

 

ए सके सर्जन ,रुकुमपश्चिम