अस्पतालामा अक्सिजनको अभाव हुन नदिन निरन्तर खटिरहेका छन् नायक पल शाह
वैशाख २५ ,काठमान्डौ – नायक पल शाहले कोरोनाका कारण समस्यामा परेका बिरामीलाई अक्सिजनको अभाव हुन नदिन सहयोगको हात अगाडि बढाएका छन् ।
उनले, हाम्रो टिम नेपालसँगको सहकार्यमा अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका हुन् । पलले बुधबार भक्तपुर अस्पतालमा उपचार गराइरहेका कोभिडका विरामीलाई अक्सिजन सहितको सिलिन्डर वितरण गरेका थिए ।
उनले, अक्सिजन नपाएर कुनै पनि नेपालीहरुले ज्यान गुमाउन नपरोस् भनेर आफू निरन्तर सेवामा खटिएको उल्लेख गरेका छन् ।तेस्तै पलले हाम्रो टिम नेपाललाई अस्सिजन सिलिन्डर खरिदका लागि २ लाख रुपैयाँ सहयोग गरेको वुझिएको छ ।

