Gold
Bangad salyan

प्रधानमन्त्री ओली आज देखि पदमुक्त

,काठमान्डौ – प्रधानमन्त्री ओली अल्पमतमा पर्दै आजबाट पद मुक्त भएका छन्। आज विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

प्रस्तावको हुन्छ भन्नेमा जम्मा ९३ मत पारप्ता भएको छ। तेस्तै हुन्न भन्नेमा १२४ र दिन्न भन्नेमा १५ मत प्राप्त भएको सभामुखले घोषणा गरे। प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने हुन्छ ।

एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए ।अब अर्को बैठक ३० गते बिहिबार १ बजे बस्नेगरी स्थगित भएको छ।