मैले जे गरे ठिक गरे दीपक मनाङे
जेठ २८,पोखरा – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई पदबाट बर्खास्त गरेका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराएका हुन्। आफूलाई साथ नदिएको भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो प्रदेश सभामा विश्वासको मत लिएका थिए। त्यससघिनै मनाङेले विपक्षमा मत हाल्ने जानकारी गराईसकेका थिए। हिजोको बैठकमा दीपक अनुपस्तिथित भएका थिए।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङ (दीपक मनाङे) दिए राजिनामा,,
यस्तै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङ (दीपक मनाङे) राजिनामा दिएका छन्। विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिने बताएका मनाङेले राजिनामा पत्र लेखेका छन्। उक्त राजीनामा पत्र शुक्रबार मुख्यमन्त्री गुरूङलाई बुझाउने मनाङे निकट श्रोतले जनाएको हो।
मनाङ्गेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद विघटन गर्ने योजना बनाएपछि संसद जोगाउनका लागि विपक्षी गठबन्धनमा उभिने योजना बनाएको बताएका हुन् ।


