गायक गायिकाको ‘ह्यापी दसैँ’
असोज ७ ,काठमाडौं- नेपालीहरुको महान पर्व दशैँ नजिकिदै गर्दा गायक राजु ढकाल ,गायिका देवी घर्ति , रविन लामिछाने र अस्मिता दल्लाकोटीले दसैं गीत ह्यापी दशै बजारमा सार्वजानिक गरेका छन् ।
गीतमा शब्द तथा संगीत सन्तोष पन्तको रहेको छ । गीतको संगीत संयोजन भने चेतन गोतामेले गरेका हुन् । गीतलाई मदन खड्काले निर्देशन गरेका छन्।
वीरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियोमा सन्तोष पन्त, सुस्मा ढकाल, फिल्पी देवकोटा, अस्मिता दल्लाकोटी लगायतको अभिनय देख्न सकिन्छ ।

