बल्छी धुर्बे र जुनकिरीको मुसीले दर्शकको मन हलक्क जित्यो
कार्तिक २२ ,काठमान्डौ – कलाकार बल्छी धुर्बे मरिचमान श्रेष्ठ र (जुनकिरी ) सरिता ढुंगानाको अभिनय रहेको गीत मुसीले दर्शकको मन जितेको छ।
गायिका सुनिता बुढा र प्रितम पोख्रेलको आवाज रहेको गीतमा शब्द / संगीत गायक पोख्रेलको रहेको छ।
निर्देशक दिपेन्द्र तिमिल्सेनाले गीतलाई कथा वस्तुमा गाउँले परिवेश झल्काईदिएपछि गीतले दर्शकको मन हलक्क खिचेको छ। करण चैसिरले कैद गरिएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

