मौसम सफा छ को अपार सफलता पछि राजु सुनामको चार आना बजारमा
मंसिर २३, काठमान्डौ – गायक तथा संगीतकार राजु सुनामको मौसम सफा छ पछिको अपार सफलता पछि चार आना बोलको गीत बजारमा सार्वजनिक भएको छ।
भर्खरै बजारमा आएको यो गीतले दर्शकको मन जित्दै छ ।जमुना सनम र गायककै स्वर रहेको गीतलाई सुनामले शब्द संगीत तथा एरेन्जर गरेका हुन।
निरन्तर गीत संगीतलाई जीवन बनाएका राजु सुनाम पछिल्लो समय चर्चामा रहने गरेका छन। थुप्रै गीतमा संगीत दिएका राजु सुनामका दर्जन बढी गीतले बजार पाएको पाईन्छ ।
लगतै सुनामले संगीत भरेका थुप्रै गीति बजारमा आउने क्रम रहेको पनि रंग दर्पनलाई जानकारी भएको छ । भर्खर रिलिज भएको चार आना भिडियो कस्तो बन्यो त ।।

