जारी महाधिवेशनमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग
काठमान्डौ – नेकपा माओवादी केन्द्रको जारीआठौं महाधिवेशन अन्तर्गत बन्दसत्रमा नेताहरुको सम्पत्ति छानबिनको माग भएको छ ।
जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा तत्काल नेताहरुको सम्पत्ति छानबिनको माग गरिएको छ ।
मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर रिपोर्टिङ गर्ने क्रममा केही टोली नेताले यस्तो माग गरेका छन।
प्रदेश २ बाट सत्यनारायण भगतले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताएका थिए ।
गण्डकी प्रदेशबाट गायत्री गुरुङले पनि आफ्नो समूहमा नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको छलफलका क्रममा उठेको भन्दै यसबारे गम्भिर हुन जाँच गर्न सुझाव दिइन् ।
यस्तै कर्णाली प्रदेशबाट विमला केसीले पनि नेताहरुको सम्पत्ति सार्वजनिक गरिनुपर्ने माग गरिन् ।

