सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो ५ जना घाईते
पुस १८, जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।धनुषामा आन्दोलन गर्दै आएका उनिहरुमाथी प्रहरीले गोलि चलाएको हो।
प्रहरीको गोली लागेर पुर्व- पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका सो पार्टीका कार्यकर्ताहरु ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन् । घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट लागेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ भने त्यस्तै, ३ जनाको खुट्टा चोट लागेको जनाइएको छ ।

