एमाले प्रदेश कमिटि सदस्य र कांग्रेस कार्यसमितिका १८ जना माओवादी केन्द्रमा प्रवेश
फागुन २,रुकुम पश्चिम् – नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश कमिटि सदस्य तथा नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला कार्य समिति सदस्य सहित १८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
जनयुद्ध दिवशको अवसरमा माओवादी केन्द्रले चौरजहारी नगरपालिका रुकुम पश्चिमले आयोजनामा गरेको विशेष कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य तथा रुकुमका पूर्व उपाध्यक्ष ऋषिप्रसाद शर्मा, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य बालकृष्ण भाट लगायत को टिमले माओवादी केन्द्रलाई रोजेको छ ।
चौरजहारी नगरपालिकाको प्राङ्गनमा भएको कार्यक्रममा उहाँहरुलाई माओवादी केन्द्रका नेता अनल शर्माले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन।
नेपाली कांग्रेसको चौरजहारीका संस्थापक ठकेन्द्र भाटकी छोरी कांग्रेस समर्थक पुष्पा लामिछाने, एमालेको चौरजहारी नगरपालिका वडा नम्बर १ का अध्यक्ष अर्जुनकुमार लामिछाने, एमालेकै मोतिलाल जैसी, एमाले वडा कमिटि सदस्य सपना पोखरेलले माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
यसैगरी लोकेन्द्रप्रसाद लामिछाने, हिमा लामिछाने, जयन्ती लामिछाने, सरस्वती लामिछाने गौतम केशव लामिछाने यदु गौतम पनि माओवादी केन्द्रमा प्रवेश गर्दै नेकपा एमाले पाटीमा भबिस्य न भएको समेत जनाएका छन ।
यसैगरी एमालेकै शिला लामिछाने पवित्रा लामिछाने रमेशकुमार लामिछाने, खिमा जैसी, नेपाली कांग्रेसकी दुर्गा गौतम, एमालेका गणेश लामिछाने र दिपक केसीले पनि एमाले परीत्याग गरि नेपाल कम्युनिस्ट शक्तिशाली पाटी माओवादीले केन्द्रमा प्रदेश गरेका छन ।
नवप्रवेशि ऋषिप्रसाद शर्माले हिजोका दिनमा सँगसँगै काम गरेको बीचमा परिबन्दले फरक फरक पार्टी भएपनि अब फेरि बलियो एउटै धार भएर जाने समेत बताए।
एमसीसीका विषयमा अध्यक्ष प्रचण्डको अडानले आफु प्रभावित भएको भन्दै शर्माले यो बेला पार्टी भन्दा देश मुख्य हुनुपर्ने बताएका छन ।
एमसीसीका सन्दर्भमा माओवादी केन्द्रले लिएको सिद्धान्त र अडानप्रति आफु पूर्ण सहमति भएको शर्माको ठहर रहेको छ ।
अर्का नवप्रवेशि बालकृष्ण भाटले जनताका पक्षमा गर्ने भनेको माओवादी केन्द्र नै भएकाले आफूले माओवादी केन्द्र लाईनै रोजनुपरेको जनाएकि छिन।
पछिल्लो पटक चौरजहारी नगरपालिकाले गरेको विकास त्यसबाट जनताले लिएको लाभका कारण आफू कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेको भाटले जनाईन।
चौरजाहारी नगरपालिकामा माओवादी केन्द्रले गरेका बिकासले जनताको मन जितेको सबैले दाबी गरेका छन र लगतै चौरजाहारी वडा नम्बर ३ अमाचौर नयाँ बस्तीको पल्लो टोल ओपेन्द्र बिसीको घर देखी कम्तीमा ८०० मिटर सडक हरि बहादुर कुशारीको घर सम्म तत्काल सडक निर्माण गरिने वडा ३ का वडा अध्यक्ष लालबहादुर बुढाले जानकारी गराएका छन ।
सडक आउने भएपछि नयाँ बस्तीका सबै जनता खुसी भएका ओपेन्द्र बिसीले टेलीफोन मार्फत हामिलाई जानकारी गराएका छन ।

