Gold
Bangad salyan

ज्योति मगरको उठ जुरुक्कै नाच फुरुक्कै ,

साउन ६ , काठमाण्डौ – गायिका तथा मोडल ज्योति मगरको नाच फुरुक्कै बोलको तीज गीत सार्बजानिक गरियको छ। छोटो पहिरन र उतेजक शैलीमा दर्शक सामु प्रदर्शन भयको भन्दै बीच बीचमा बिबादित बनेकी ज्योतिलाई भने देश देखि विदेश सम्म कार्यक्रमको लागि भ्याई नभ्याई छ। लोक गीत गायन उनको विधा हो, नृत्यमा पनि उत्तिकै दखल भएकाले स्टेज उनका लागि सहज र प्रभावकारी माध्यम बनको छ। दर्शकलाई पूर्ण मनोरञ्जन दिने सामाथ्र्य उनमा छ।

गाएर होस वा नाचेर, बोलेर होस वा शारीरिक हाउभाउ, यही विशेषताका कारण पछिल्लो समय ज्योतीलाई म्युजिक भिडियोमा पनि उत्तिकै मौका मिल्न थालेको छ। ज्योतिका थुप्रै गीत चर्चित छन् ।,उनलाई मोटो रकम तिरेर मोडल र गायनमा लिनेको पनि कमि छैन। महिला हरुको चाड हरितालिका नजिकै गर्दा उनले नाच फुरुक्कै बोलको गीतमा स्वर दियकि छिन जसमा विक्रम रानाको पनि स्वर छ ।,प्रकाश भट्टको निर्देशन , राजेश घिमिरेको छायांकन रहेको तीज गीतमा आरुषी मगर र विक्रम रानाको अभिनय छ। करण नयौपानेको सब्द संगीत रहेको गीतलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।बिन्धबासिनी म्युजिक प्रा.लि.ले गीतलाई प्रस्तुत गरेको छ।