डोकोमा सग बेच्नेलाई १० रुपैया कर ,,
भदौ, १४ पोखरा – स्याङ्जाको फेदीखोला गाउँपालिकाले डोकोमा तरकारी तथा फलफूल बेच्नेसँग पनि कर उठाउन थालेको छ । डोकोमा सुन्तला तरकारी बेच्नेहरुबाट १० रुपैयाँ कर लिइन्छ । गाउँपालिकाले गाडीमा राखेर खाद्यान्न, लत्ताकपडा बेच्दै हिँड्नेसँग प्रत्येकपटक १ सय रुपैयाँ लिने नीति बनाएको छ । स्थानीय तहले लिएको करको आलोचना भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले गण्डकी प्रदेशका केही स्थानीय तहसँग छलफल गरेको छ ।
स्थानीय जनप्रतिनिधिहरुमा केमा कर लगाउने, केमा नलगाउने जानकारीको अभाव देखिएको छ । प्रत्येक गाउँपालिकाका फरक–फरक कर छन् भने कतै सम्पत्ति कर अति कम त कतै गाउँपालिकामा पनि चर्को शुल्क लिइएको पाइएको छ । स्थानीय तहले मनोरञ्जन कर पनि उठाउने र मेला महोत्सवको छुट्टै रकम पनि उठाउने गरेको पाइएको छ ।