२६ भाषामा गीत गाउने कुमार सानु पुगे बुद्दको जन्म थलो लुम्बिनी,,
असोज ४ , काठमाण्डौ – भारतका सुप्रसिद्दा कलाकार कुमार सानु बुद्दको जन्मथलो लुम्बिनी पुगेका छन् ।उनले लुम्बिनी पुगेर बुद्दको प्रसंसा गरेका छन् ।लुम्बिनी सोचे भन्दापनि राम्रो र प्रसंसा गर्ने खाले रैछ कुमारले भने ।कुमार सानुको यो नेपाल पहिलो भ्रमण हो। कुमार सानुले २० हजार भन्दा बढी गीतमा आवाज दिएका छन् । उनले २६ भाषामा गीत गाएका छन् ।लुम्बिनी आएर आफूले मायादेवी मन्दिर दर्शन, अशोक स्तम्भ,शान्ति दीप लगायतका महत्वपूर्ण वस्तुहरुको प्रत्यक्ष अवलोकन गर्न पाउंदा आनन्द महसुस र बेग्लै अनुभूति भएको बताए ।
‘लुम्बिनी जस्तै नेपालमा थुप्रै ऐतिहासिक सम्पदा छन्, यहांको ‘नेचुरल ब्युटी’ सिम्पल सिटिले धेरैलाई आकर्षत गर्छ,’ कुमार सानुले भने ।शुक्रबार रुपन्देहीको मणिग्राममा आयोजित कन्सर्टमा प्रस्तुति दिन कुमार सानु नेपाल आएका हुन् कन्सर्टमा उनि मुख्य कलाकार हुन् उनीसँगै भातरीय गायिका स्वागता र नेपालकी देविका बन्दना लगायतका कलाकारले प्रस्तुति दिने आयोजक संस्थाका विजेश पौडेलले बताएका छन् ।