Gold
Bangad salyan

बैङ्कलाई नयाँ नोट वितरण ,,

असोज ७, काठमान्डौ – नेपाल राष्ट्रबैङ्कले असोज १२ गते बाट बैङ्कलाई नँया नोट वितरण गर्ने जानकारी गरेको छ। विगत जस्तै बैङ्कले सर्वसाधारणलाई नँया नोट विरण गर्न लागेको हो। नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गते देखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले रंग दर्पण डटकम लाई बताए। १२ गते बाट सबै बैंक हरुमा नँया नोट वितरण गरिने छ। तेस्पछि सर्वसाधारणलाई कहिले बाट दिने भन्ने जानकारी हुने पौडेलले भने।