Gold
Bangad salyan

आलुको बोरामा भेटियो ७२ लाख भारतीय रुपैंया ,,

असोज ७, टीकापुर – कैलालीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३०० सहित पक्राउ परेका छन्। उनलाई कैलालीको भजनी नगरपालिका-३ मोरिया घाटबाट शास्त्र प्रहरीले पक्राउ गरेको हो। उनि लम्कि चुहा नगरपालिका-१ लम्कीका व्यापारी हुन् ।से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले बताए। उनले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको बताए। डीएसपी सिंहका अनुसार १ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ प्राप्त भएको हो ।