Gold
Bangad salyan

स. प्र.बल नेपाल गण हेडक्वाटरले गर्यो काग तिहारमा दुलाल कागेलाई उच्च सम्मान ,,

कार्तिक १९ , काठमान्डौ – शुभ दिपावलीको पावन अवसरमा आज काग तिहार यमपन्चक परेको छ ।काग तिहारको दिन कागे बाहुन रमेश दुलाले काठमान्डौको रत्नपार्क शान्तिवाटिकामा एक कार्यक्रमको आयोजना गरि काग सम्मेलन गरेका छन् ।तेस्तै उनले विभिन्न क्षेत्रमा काग सम्मेलन गर्ने क्रममा स. प्र.बल नेपाल गण हेडक्वाटर विशेष कार्यदल काठमान्डौले पनि एक कार्यक्रमको आयोजना गरि काग तिहार मनायको छ ।

गणले रमेश दुलाल कागेलाई उच्च सम्मान गरेको छ। कागेले १७० भन्दा बढी विभिन्न पशु पन्क्षिको आवाज निकालेर मनोरंजन गरायका थिए। गणका गणपति रत्न पोख्रेलको विशेष आयोजनामा कागे संगै रंग दर्पण डटकमका प्रबन्धक ओम विकललाई सम्मान गरिएको हो ।कागेले काग कराएर गणको मैदानमा काग जम्मा गरेका थिए। तेस्तै गणका डिएसपी रोशन बुढा , दिपक कुवर लगायत अन्य टिमले स सम्मान गरेको थियो ।

कागेले १५ औ काग सम्मेलन गरेका हुन्, कागले दिने सुभ समाचारको बारेमा र असुभ समाचारको बारेमा कागेले सबैलाई प्रस्ट पारे। उनले काग सम्मेलन गर्दै जाने क्रममा धेरै प्रकारका काग पाएको पनि जानकारी गरे ।