Gold
Bangad salyan

अमेरिकन पेस्तोल साथमा राखेकी महिला पक्राउ ,,

मङ्सिर १३ राजविराज – अमेरिकन पेस्तोलसहित बुधबार एक महिलालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। सुरुङ्गा नगरपालिका ३ स्थित खेतमा बनाइएको झुप्रोबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको पेस्तोल, चार थान गोली र खुकुरीसहित सिरहाको लहान ५ की ३० वर्षीया गीता सदालाई पक्राउ गरेको हो।

सदालाई हतहतियार खरखजना मुद्दामा बुधबार नै अदालतबाट म्याद थप गरी कारबाही थालिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले जानकारी दिए। सदाका श्रीमान नरेशकुमार साह चोरी अभियोगमा सिरहा कारागारमा थुनामा छन्।