Gold

समर लभको साया जति गरे पनि नघट्ने माया , पहिलो गीत रिलिज हेर्नुहोस भिडियो ,

Naumule Migrate

चलचित्र समर लभले आफ्नो पहिलो गीत रिलिज गरेको छ ।, चलचित्रले ओ साया बोलको गीतको भिडियो युटुबमा राखेको हो। विभिन्न सहरमा निर्माण गरिएको भिडियोमा दृश्यले पनि मान्छेको मन लोभीने गर्दछ। चलचित्रले नेपालि फ्लिममा अहिले सम्म प्रयोग नभएका रिफ्ल्याक्सन दिएको छ।

चलचित्रले अहिले सम्म सर्वाधिक चर्चामा रहेको उपन्यास समर लभलाई दृश्य शैलीमा चित्रण गरेको छ। जसलाई सबैले माघ २५ मा हलमा देख्न पाउने छन्। गीतमा पुस्पन प्रधानको शब्द , संगीतमा पुस्पन र बानिकाको स्वर छ ।कविराज गहतराजले कोरियोग्राफी भिडियोलाई फ्लिम निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन्।

गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । मन कृष्ण महर्जनले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। सुबिन भट्टराईको चर्चित उपन्यास समर लभ आम दर्शकको ढुक ढुकी हो।

चलचित्र लभ स्टोरी मिलन बिछोडको कथामा निर्माण भयको हुनाले विश्व भर मनाईने प्रेम दिवसलाई रिलिज लक्षित छ। नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेका छन् । चलचित्रमा आशिस पिया , रेवती छेत्री , सुरज सिंह ठकुरी नम्रता सापकोटा मुख्य भूमिकामा छन् ।

Naumule Badhipahiro