चलचित्र साईलीको गीत रिलिज नाचमाया फनफनी फन्केर ,,

चलचित्र साईलीले गीत रिलिज गरेको छ  ।सल्कोपात टपरी सिन्कोले गाँसेको नाच माया फनफनी बोलको डान्सिङ् गीत निर्माण पक्षले दर्शक सामु सार्वजानिक गरेको हो  ।

यो गीतमा हेमन्त रानाको स्वर छ ,सुन साईली प्रदेश बाट आउला चालिस काटे पछि भेटम्ला बोलको गीतले दर्शको सारै मन छोयको थियो । उनै गायक हेमन्त रानाले फेरी निकै राम्रो नाच्ने गीत गायका छन्  ।जुन गीत दुइ दिनमा ५ न. ट्रेण्डिङ्मा छ  ।हर्क साउदको शब्दलाई सुसान्त गौतमले संगीत गरेका छन्  ।

गीतलाई भिक्रम सवारले कोरियोग्राफर गरेका हुन् ,शैलेन्द्र डि कार्कीको डिओपीमा रभी न्यौपानेको सिनेमट्रोग्राफ़ि छ ।गीतलाई भिशाल गुरुङ र मोहन रानाले निर्माण गरेका छन्  ।

रामबाबु गुरुङको लेखन निर्देशन साईलीको गीतमा साईलीका कालाकार गौरभ पहाडी मेनुका प्रधान छन् । साथमा दया ह्याङ्ग राईको पन्चेपाजामा नाच हेर्न सकिन्छ  ।गीतलाई विवाहा मण्डपमा निर्माण गरिएको छ ,दर्शकले चैत्र १५ गते बाट साईली हेर्न पाउने छन् ।गीतलाई जीएच ईन्टरटेनमेन्टले प्रस्तुत गरेको छ ,

https://youtu.be/XSurIJbKv9Q