suekhet
bheriad

१० वर्षपछि ‘यौनकर्मी’ बनेर फर्किदै मेघना नायडु

lekabesi

 

रंग दर्पण ७   मुम्बई : १० बर्षसम्म फिल्मबाट टाढा रहेकी बलिउड नायिका मेघना नायडु कमब्याकको तयारीमा छिन् । बोल्ड छबीको कारण चर्चामा रहेकी उनले आफ्नो कमब्याक फिल्ममा यौनकर्मीको भुमिका निभाउनेछिन् ।

मेघनाका अनुसार उनले बंगाली फिल्म ‘सितारा’ मा काम गर्न लागेकी हुन् ।

‘हो म सितारामा यौनकर्मीको भुमिकामा देखिँदैछु,’ उनले भनिन् ।

यो फिल्म र भारत र बंगलादेशमा सञ्चालित वेश्यालयमा केन्द्रित हुने भएको छ । त्यसो त भारत र बंगलादेशमा हुने मानव तस्करीलाई पनि उजागर गरिने मेघनाले बताइन् ।

मेघनाले केही ‘बी ग्रेड’ का हिन्दी फिल्ममा काम गरेकी छिन् । उनी बलिउडको साथै दक्षिण भारतीय फिल्ममा सक्रिय छिन् । हिन्दी चलचित्र ‘हवस’मा काम गरेपछि उनी चर्चामा आएकी थिइन् ।