मेलम्ची खानेपानी आयोजना सीएमसीलाई दिएको समय समाप्त अब कसलाई ,

माघ २४ , काठमान्डौ – मेलम्ची खानेपानीको आयोजना इटालियन ठेकेदार कम्पनी सीएमसी संगको ठेक्का सम्झौता समय समाप्त भयको छ ।सीएमसीलाई सरकारले काममा फर्किन १४ दिनको समयसीमा दिएको थियो ।

आयोजनाका प्रमुख सूर्यराज कँडेलका अनुसार बिहीबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको हो । खानेपानी मन्त्रालयले सीएमसीसँग वार्ता गर्न भन्दै यही बीचमा एउटा सरकारी टोलीलाई थाइल्यान्ड पठाएको थियो ।

तर, यो वार्तामा सीएमसी हालकै अवस्थामा काममा फर्किन सहमत भएन ।ठेक्का रद्द भएपछि सरकारले फेरि नयाँ प्रक्रियाकार्फत ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ । अब त्यसका लागि मात्रै करिब ६ महिना समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

मेलम्चीको पानि काठमान्डौ ल्याउने निर्णय सरकारले आज भन्दा २५ वर्ष भन्दा पहिले बाट कसरत गरेको हो तर अहिले सम्म पानि काठमान्डौमा पानि ल्याउन सकेको छैन।

हाल खानेपानी मन्त्रि बिना मगरले गत दसैँ अगाडीनै काठमान्डौका जनतालाई पानि खुवाउने वाचा गरेपनि सफल  हुन सकेन। सीएमसी पछि मेलम्चीको ठेक्का कास्लई दिने भन्नेबारे सरकारले निर्णय गरेको छैन। प्रस्तावमा नेपालि सेनाको नाम परेको छ ।