प्रचण्ड भन्छन प्रस्तिथि हेर्दा आफै कृषि तिर हिडौ जस्तो लाग्छ ,
फागुन , ११ ,काठमान्डौ – नेकपा सत्तारुढदलका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्कमल दाहाल प्रचण्डले नेपालको स्तिथि र परिस्तिथि हेर्दा आफै कृषितिर फर्किमकि ? भन्ने आफुलाई लागेको धारणा ब्यक्त गरेका छन् ,।
बढ्दो बैदेशिक रोजगार विभाग र युवाहरु खाडी मुलिक प्रवेशले गर्दा देशनै युवा विहिन हुन लागेको बताउछन। आफ्नै देशमा कृषिजन्य उत्पादन वृद्धिका लागि ध्यान नदिएर विदेशको मात्र सपना नदेख्न युवाहरुलाई आग्रह समेत गरेका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले भने, ‘कृषि र शिक्षामा नाम मात्रैको बजेट छ। त्यो बजेट कता जान्छ कता। खाडी मुलुक गयर दुख गर्न भन्दा आफ्नै देशमा दुख गर्दा आफैलाई राम्रो हुने दाहालले जानकारी गरे ।
शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न राज्यले नेतृत्व लिनुपर्ने बताउदै, कृषिमा आधुनिकीकरण बनाए मात्र देश समृद्ध बन्ने उनको तर्क छ ।
जनताले दुख त गरेकै छन् , तर धनि दिनहु धनि र गरिब दिनहु झन् गरिब हुँदै गयको बताउदै आफु हरुमा कमजोरी पनि भयको दाहालले बताए ।पछिल्लो समय भारतले ‘कृषि र शिक्षामा अनुदान बढाएजस्तै नेपालमा पनि बढाउन पर्ने उनले बताए।