जनयुद्दका प्रथम शहिद दिलबहादुर रम्तेलको सम्झनामा सहित स्मृति निर्माण हुने ,,

फागुन १४ , काठमान्डौ – नेकपा माओवादी शस्त्र जनयुद्दका पहिला शहिद क . दिल बहादुर रम्तेलको सम्झनामामा शहिद स्मृति निर्माण हुने भएको छ ।

निर्माण हुन लागेको शहिद स्मृति पार्कको शिलान्यासमा नेकपाका अध्यक्ष प्रचण्डको प्रमुखअतिथ्य रहने छ ।

शहिद स्मृति यहिँ फागुन १४ गते बारपाक सुलिकोट-८, पन्द्रुङ जराङ डाँडा, गोरखामा बिहान ११ बजे हुने जानकारी रहेको छ ,भने कार्यक्रम ताकुकोट गोरखामा समय दिउॅसो १२:१५ बजे हुने भयको छ ।

शहिद स्मृति संगै प्रचण्डले गाँउ पालिका भवन शिलान्यास ,सुर्य ज्योति मावि को उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्त कार्यक्रममा सम्पूर्ण जनसमुदाय तथा पार्टी सदस्यहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिका ६ नं वडा संयन्त्र ताकुकोट गोर्खाले गरेको आयोजना कार्यक्रममा पुर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्ड संगै अन्य नेता हरुको पनि उपस्तिथी रहने छ ।