हाम्रो कार्यक्रम विथोल्न सरकारले प्रहरी परिचालन गरेर हामि संग निहु खोजेको छ एसको जवाफ नराम्रो होला विप्लव ,,
फागुन २६ , काठमान्डौ – सरकार विप्लवतिर आक्रामक देखिएको छ, भने विप्लवले तेस्को जवाफ दिने संकेत गरेको छ ।केहिदिन अगाडीबाट सरकारले विप्लवका कार्यविधि अनुसन्धान गर्ने भन्दै गाँउ टोलमा प्रहरी परिचालन गरेको छ ।
विप्लवका कार्यक्रम जहाँ हुन्छन तेहा पुगेर बिथोल्न र विप्लवका कार्यकर्तालाई पक्रा गर्न गृहमन्त्रि राम बाहदुर थापा बादलले निर्देशन गरेका छन् ।विशेष गरि विप्लवको पकेट एरिया तिरा सरकार ध्यानाकर्षण भएको छ।
कालिकोट , जाजरकोट , रोल्पा ,रुकुम ,कपिलवस्तु लगायतका जिल्लामा विप्लवका गतिविधि रोक्न सरकारले गृहलाई आग्रह गरेको छ ।
पचालझरना गाँउपालिकाको जाजरकोटमा शनिबार आयोजना गरेको नेकपा अखिल नेपाल क्रान्तिकारी किसान माहासंघ कालिकोटको प्रथम जिल्ला सम्मेलन प्रहरीले अवरोध गरेपछि अर्कै ठाँउमा भयको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको नेतृत्वमा हात हतियारसहित गयको प्रहरी टोलीले जाजरकोटमा कब्जा जामाएपछि सम्मेलन पचालझरना गाँउपालिकाकै ८ स्थित कर्णाली आधारभूत विद्यालयमा गोप्य रुपमा भयको हो।
तेस्तै जिल्ला प्रहरीले प्रमुख डिएसपि बिनोद शर्माले गृहमन्त्रालयाको निर्देशन अनुसार जिल्लामा नेकपाका हुने सबै गतिविधि रोक्न र गाँउमा गस्ती परिचालन सुरु गरिएको बताए ।सरकारको यस्तो गतिविधिमा विप्लवले आपति जनाएको छ ।
नेपाल कम्न्युस्ट पार्टी विप्लव समूह कालिकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिपले जाजरकोटमा शनिबार आयोजना गरिएको सम्मेलन गर्न नदिएर निहु खोजेको बताए ।
उनले भने हाम्रो कार्यक्रम बिथोल्न जनप्रतिनिधिसमेत लागेका छन् ।अब हाम्रो निशानामा भ्रस्ट जनप्रतिनिधि हुन्, उनीहरुलाई कारबाही गर्दा प्रहरीको अबरोध भयो भने प्रहरी विरुद्ध आफुहरु चुप नबस्ने चेतावनी दिए।
साथै आगामी दिनमा जनप्रतिनिधि र प्रहरीलाई गाँउ चिर्न निषेध गरिएको विप्लव निकटले चेतावनी दिएको छ।जनहित विपरित कार्य गर्ने सरकार र गलत पक्षमा निर्णय गर्ने कसैलाई नछोड्ने पनि निकटले आग्रह गरेको छ।