वैदेशिक रोजगार विभागकका नासु घुससहित पक्राउ ,,

चैत,८ – काठमान्डौ – वैदेशिक रोजगारविभागमा मनोमानी ढंगले कामदार बाट पैसा उठाएको भन्दै श्रममन्त्रि गोकर्ण बिस्टले म्यानपावर व्यवसाय बन्द गरे। साथै सयौ म्यानपावर कालो सुचीमा राखे।

तर यता भने वैदेशिक रोजगार विभागका नायब सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले फुयाँललाई पक्राउ गरेको हो ।

फुयाँलले वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई धम्क्याएर ६० हजार रुपैयाँ घुस लिएको उजुरी परेको थियो। नासु फुयाँलले साक्षी बसेका व्यक्तिलाई पटकपटक कार्यालयमै बोलाएर घुस नदिए पक्राउ पूर्जी जारी गर्ने धम्की दिने गरेको उजुरी परेको थियो ।

नासु फुयाँलले घुसवापत लिएको रकम जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुब खड्कालाई राख्न दिएका थिए । सोही रकम फिर्ता लिने क्रममा दुबैजनालाई जोरपाटीचोकको सापकोटा मिठाई पसलबाट पक्राउ गरिएको अख्तियारको कार्यालयले जनाएको छ । उनीहरु दुवैलाई अख्तियारले अनुसन्धान गरिरहेको छ।