Simta
Gurvakot
Gurvakot

मौसम खराबीका कारण हजाज नउडेपछि प्रधानमन्त्री ओली ब्यारेकमा ,,

वैशाख ३ , नेपालगञ्ज – मौसम खराबका कारण विमान उड्न नसक्दा प्रधानमन्त्री ओलीको नेपालगञ्ज ब्यारेकमा बास भयको छ। प्रधानमन्त्री ओली भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ उदघाटनका लागि मंगलबार नेपालगञ्ज हुँदै सुर्खेत पुगेका थिय ।

Simta

सुर्खेतको भेरीगंगा नगरपालिकामा भेरी बबईको सुरुङ ‘ब्रेक थ्रु’ गरिसकेपछि प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो सिक्टा सिँचाई आयोजनाको हवाई निरीक्षण गरेका थिए । प्रधानमन्त्री ओलीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट हेलिकोप्टर चढेर सुर्खेत पुगेको थियो । सुर्खेतबाट नेपालगञ्ज फर्किइसकेपछि  प्रधानमन्त्री  ओलीले उपमहानगरपालिकाभित्र खोलिएको होटल सोल्टीको उदघाटन गरे ।

ओली आज श्री एयरलाइन्सको विमान बाट काठमान्डौ फर्किने कार्यक्रम थियो ।तर, काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको विमान मौसमको खराबीका कारण नेपालगञ्जमा बस्न नसकी आकाशबाटै काठमाडौं फर्कियपछि प्रधानमन्त्री ओलीको ब्यारेकमा बास भयको निकट श्रोतले जानकारी गरेको हो।

lekbesi