मेरो सरकार भुल्चुक हैन जानी जानी राखेको हो प्रधानमन्त्री ओली ,,

वैशाख २४ , काठमान्डौ – रास्ट्रपतिले बोलेको शब्दको स्पस्टिकरण दिदै प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिएका छन्।

ओलीले भनेका छन् नीति तथा कार्यक्रममा रास्ट्रपतिले बोलेको मेरो सरकार भन्ने भुल्चुकले होइन हामीले जानी जानी र आवस्यक ठानेर राखेका हौ।

,ओलीले अगाडी भनेका छन् मेरो सरकारले ल्याएको नीति तथा कार्यक्रम समृद्ध नेपाल र सुखी नेपालीको सपना मात्रै होइन यो त संकल्प हो सरकारले ल्याएको नीति तथा कार्यक्रम खास लक्ष्य र उदेश्यका आधारमा ल्याएको हो ।

राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमानका विषयलाई अत्यन्त महत्वका साथ नीत ताथा कार्यत्रक्रममा समेटिएको छ । शिक्षा, स्वास्थ्य सुशासन, दिगो शान्ति, छिमेक सम्बन्धलगायतका परिवर्तनको अनुभूत गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ’ प्रश्नको जवाफ दिदै उनले भने।

मानवीय मर्यादा र गरिमाको समेत ख्याल राख्दै संविधान कार्यन्वयन गर्ने उदेश्य नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम शान्ति, स्थिरता र स्थायित्व मेरो सरकारको बहुमतले ल्याएको म भन्दिन ,बहुमत अगाडी पनि थियो। तर हामीले यो कर्यनयन गर्नको लागि ल्याएका हौ ओलीले भने।