चट्याङ लाग्दा विभिन्न स्थानमा ६ जनाको मृत्यु ,,
असार १० , काठमान्डौ – मंगलबार साँझ रूपन्देही र दाङमा परेको चट्याङबाट ६ जनाको मृत्यु भएको छ ।
रूपन्देहीमा मृत्यु हुनेमा गैडहवा–७ का भगवान दास लोध, कञ्चन–२ का नन्दराम अर्याल र सैनामैना,७ का चन्द्रबहादुर विक छन् । प्रहरीले दिएको जानकारी अनुसार तिनै जना खेतमा काम गरिरहेको बेला चट्याङमा परेका हुन् लोधलाई तरकारीबारीमा काम गरिरहेका बेला चट्याङले लागेको थियो ।
मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । अर्याल र विकलाई खेतमा काम गरिरहेका बेला चट्याङ लागेको थियो । दुवैको बुटवलस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रूपन्देहीका एसपी हृदय थापाले बताए ।
तेस्तै दाङको राप्ती गाउँपालिका ३ मौरिघाटमा चट्याङ पर्दा १३ बर्षका साजन चौधरी, ११ बर्षका रमित चौधरी र ११ बर्षकै विनाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
तेस्तै अर्का ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन् । जंगलमा जामुन खानगएको बेला उनलाई चट्याङ लागको थियो। हाल उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका भईरहेको छ ।