surkhet

सल्यान बनगाडमा आमाले नै घाटी थिचेर दुई छोरीको गरिन ह,त्या

पुष २५

surkhet

सल्यान – सल्यानको बनगाड कुपिन्डे नगरपालिका ११ गलगौलमा दुई बालिका मृत्यु प्रकरणमा आफ्नै आमाले ह,त्या गरेको खुलेको छ।

घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछ गर्दा २५ वर्षीया आमा पूर्णिमा रानाले नै हत्या गरेको स्वीकार गरेकी छिन् ।

उनले ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको ह,त्या गरेकी हुन् ।

Dailekh
Gorkha

बालिकाका बुवा टेकमान राना भने रोजगारीका क्रममा जिल्लाबाहिर नुवाकोट रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछ गर्दा पूर्णिमाले श्रीमानसँग बेलाबेलामा हुने घरायसी विवादका कारण छोरीहरूको हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए ।

कपडाको सलले घाँटी थिचेर आफूले छोरीहरूको हत्या गरेको प्रहरीसँगको बयानमा भनेकी छिन् ।

प्रहरीले पूर्णिमालाई नियन्त्रणमा लिइसकेको छ । प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ।

salyan