महिला विश्वकपको उपाधि अमेरिकालाई ,,

असार २३ ,काठमान्डौ – फ्रान्समा सम्पन्न भएको महिला विश्वकप फुटबलको उपाधि अमेराकाले प्राप्त गरेको छ।

आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि उचालेको हो ।

मेगान रापिनोई र रोज लाभिल्लीले गोल गरेपछि अमेरिकाले उपाधि जित्न सफल भयो ।पहिलो हाफसम्म बराबरीमा रोकिएको अमेरिकाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।

lekbesi

६१ औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै मेगानले अमेरिकालाई १-० गोलको अग्रता दिलाइन् ।

६९ औं मिनेटमा नै लाभिल्लीले अर्को गोल थप्न सफल भइन् । उनको गोलसँगै अमेरिका २-० गोलअन्तरले अघि रहृयो । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि अमेरिकाले उपाधि जितेको हो ।

दोस्रो हाफमा अमेरिकाविरुद्ध राम्रो खेल प्रदर्शन गरेको नेदरल्यान्ड्सले विश्वकपको उपाधि जित्ने राम्रो अवसर चुकायो ।, अमेरिकाले भने महिला विश्वकपको उपाधि चौथोपटक जितेको हो ।