suekhet
bheriad

छवि ओझाले शिल्पा पोख्रेलको कानको जाली फुट्ने गरे हाने ,,

lekabesi

नायिका शिल्पा पोख्रेलले आफ्ना श्रीमान छवि ओझा विरुद मुद्दा हालेकी छिन ।शिल्पा आफ्ना श्रीमान् छविबाट असुरक्षित भएको भन्दै छवि विरुद्ध काठमाण्डौ परिसर टेकुमा उजुरी दिएकी हुन् ।

छविले आफूमाथि घरेलु हिँसा गरेको समेत आरोप लागाएकि छिन ।केही महिना अघि मात्र छविले शिल्पासँग बिहे गरेको स्विकार गरेका थिए ।उनीहरुको लामो समयदेखि विवाहको चर्चा बजारमा चलिरहेको थियो ।

शिल्पा अहिले भने आफ्नो घरमा बसेको जानकारी आएको छ। छविले शिल्पा संग विवाह गरेसंगै उनि तेस्रो श्रीमती हुन् ।नायिका रेखा थापा संग पनि छविको सम्बन्ध टिक्न भने सकेन ।

केहि महिना अगाडीबाट शिल्पाको काममा छविले अवरोध समेत गरेको खुलेको थियो। अवरोधका चर्चापछि शिल्पा र छविको सम्बन्धमा दरार आएको बुझिन्छ ।

शिल्पा एक मोडल हुन् छविले शिल्पालाई पहिलोपटक चलचित्र क्षेत्रमा स्थापित गरेका थिय ।चलचित्रको काम संगै उनीबीच मनपराउने कुरा भयो र नजिक हुँदै विवाह समेत भयो।

छविले शिल्पालाई के कारणले कुटे भन्ने भने जानकारी आउँ बाँकीनै छ ।छविको कुटाईबाट शिल्पाको कानको जाली फुटेको भन्ने जानकारी हुन आएको छ ।प्रहरीले उनीहरुलाई आज छलफलका लागि टेकुमा बोलाएको छ ।