मकै गहु को सट्टामा सुर्ती खेति गर्दै किसानहरु ,,

रंग दर्पण १८ फागुन -वीरगन्ज : किसानले धान, मकैको विकल्पमा सुर्ती खेती रोजेका छन् लगायको बालि जनावोर ले खाईदिने र भित्र हाल्न न पायपछि तेहाका किसान हरुले बिगत ३ वर्षा पहिले बाट सुर्ती खेतीलाई निरन्तरता दिने गरेकाछन ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट मानव बस्तीमा प्रवेश गर्ने हात्ती, बँदेल, नीलगाईलगायत जंगली जनावरको उपद्रोबाट आजित बनेका पर्साको ठोरी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाका किसानले धान र मकैको विकल्पमा सुर्ती खेती रोजेका हुन्।

धान र मकैभन्दा लागत कम र आम्दानी बढी हुने गरेका कारण पनि नगदेबालीका रूपमा रहेको सुर्ती खेतीतर्फ किसानको आकर्षण बढेको हो।

‘धान, मकै, गहुँ वा तरकारी लगाउँदा जंगली जनावर चरेर र माडेर सखाप पारिदिन्छन्, पाक्नै लागेको बाली पनि भित्र्याउन पाइँदैन’, ठोरी गाउँपालिकाको सुवर्णपुरकी कृषक विष्णु अधिकारीले भनिन्, ‘सुर्ती लगाइएको खेतमा जंगली जनावर पनि त्यति पस्दैनन्। धान, मकै र तरकारीबालीको भन्दा यसमा लगानी पनि कम लाग्छ, नाफा पनि बढी नै हुन्छ त्यसैले हाम्रा लागि सुर्ती खेती गतिलो विकल्प बनेको छ।

‘एक कठ्ठामा राम्रोसँग खेती गर्यो  भने डेढ क्विन्टलसम्म सुर्तीको तयारी पात उत्पादन हुन्छ’, अधिकारीले भनिन्, ‘एक क्विन्टल पात १४ देखि १६ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ, एक वर्षमा दुई सिजन गरी यसको खेती गरेर यो बाट आम्दानि लिन सकिन्छ ।

मनग्गे आम्दानी हुने सुर्ती खेती गर्ने किसानको संख्या बढ्दै गएपछि पर्साको पटेर्वासुगौली गाउँपालिकाको रामपुर भाथा र सोनवर्षा गाउँको पहिचान नै फेरिएको छ। यी दुवै गाउँका प्राय सबै किसानले दुई तीन वर्षयता मकै, धान र गहुँको खेती गर्न छाडेर सुर्तीलाई मुख्य बाली बनाएका छन्।