विदेशबाट आउने अपरिचितको फोन नउठाउन दुरसंचारको आग्रह ,यक दिनमै यति धेरै सर्वसाधारण ठगिए ,,
साउन ८ , काठमान्डौ – विदेशबाट आउने अपरिचितको फोन नउठाउन दुरसंचार प्राणीलेले सर्वसाधारणमा एक सुचना प्रकासित गर्दै आग्रह गरेको छ।
केहि महिना यता विदेशबाट नचिनेका कल वा मिसकल आउने गरेको ब्यापक देखिन्छ तेतिमत्र नभई सामाजिक संजाल एप्मा पनि प्राईज र कुपन परेको समेत म्यासेज कल आउने गरेको छ।
विदेशबाट अपरिचित नम्बरहरुबाट आउने मिसकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न सबैमा आग्रह गरेको छ।
कतिपय प्रयोग कर्ताले भने यस्तो कल आउदा रातो नम्बर भन्ने र स्काम कल’ भनेर त्रसित हुने गरेको सुनिन्छ ।
विदेशबाट यस्ता अपरिचित कलबाट प्रयोगकर्ताहरु हैरान भई नेपाल दुरसंचारमा खबर गरेपछि आफु हरुको ध्यानाकर्षण भयको नेपाल दूरसञ्चार प्राधिकरणका उप–महानिर्देशक सन्दीप अधिकारी बताउछन।
साथै यस्ता समस्याको समाधानको लागि आफुहरु लागिपरेको पनि अधिकारिले बताए प्राधिकरणका अनुसार, यसरी विदेशबाट आउने कललाई प्राविधिक भाषामा Wangiri Scam (One Ring Scam) भनिन्छ ।
विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्नका लागि गरिन्छ ।यस्ता कलबाट कल उठाउदापनि रिसिभरको ब्यालेन्स घट्ने गरेको जानकारी प्रस्त हुने गरेको पाईन्थ्यो।
आज भोलि पनि यस्ता कल आउने गरेको हुनाले कल न उठाउन र कलब्याक नगर्न आग्रह गरेको छ। प्राधिकरणका अनुसार, प्राधिकरणमा प्रत्यक्ष सम्पर्क गरेर या फोन तथा इमेलमार्फत प्रयोगकर्ताले आफ्ना गुनासा राख्न सक्नेछन् ।
कलको रिस्पोस नदिएर सोझै प्राधिकरणमा सुचना दिन सकिने बिहिबार सूचना जारीगर्दै प्रयोग कर्ताहरुमा आग्रह गरेको छ ।