Gold

प्रधानमन्त्रीको सिंगापुरमा भयको उपचार खर्च सरकारले नव्यहोर्ने विज्ञप्ति सहित ,

Naumule Migrate

साउन १९ , काठमान्डौ – प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा उपचारमा लाग्ने खर्च सरकारले नव्यहोर्ने भएको छ । प्रधानमन्त्री ओली शनिबार राति स्वास्थ्य परीक्षणका लागि सिंगापुर उडेका छन्।

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य उपचार गरिरहेका प्रधानमन्त्री ओली डाक्टरको सल्हा अनुसार सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणको लागि पुगेका हुन्।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएकाे र उपचार खर्च सरकारले नव्यहोर्ने निर्णय भएकाे जानकारी दिएका हुन् ।

भ्रमणटोलीको हवाई टिकेट भने सरकारले व्यहोर्ने तर प्रधानमन्त्री ओलीको उपचारमा लागेको खर्च र भ्रमण टोलीमा रहेका कर्मचारी बाहेक कसैको आतेजाते र आवास खर्च नव्यहोर्ने मन्त्री बाँस्कोटाले बताए।

प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन्। ओली एकसाताको उपचार पछि स्वदेश फर्किने छन ।

 

 

Naumule Badhipahiro