Gold
Bangad salyan

पोखरा घुम्न आएकि महिलाको होटेलको क्षतबाट खसेर मृत्यु श्रीमान पक्राउ

असार १

Salyan

काठमान्डौ – बुटवलबाट पोखरा घुम्न आएकी एक महिलाको होटलको छतबाट खसेर मृ’त्यु भएको छ।

बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जकी ३२ वर्षीय सरिता भण्डारी गए राति पोखरा–६ डिहिकोपाटनस्थित होटलको पाँचौं तलाबाट खसेको अवस्थामा भेटिएकी हुन्।

उनी श्रीमान र दुई छोरासहित बिहीबार पोखरा आएकी थिइन्। घट’नास्थलमा सीसीटिभी नरहेकाले उनको ह’त्या, आ’त्महत्या वा भवितव्य के हो भनेर खुलेको छैन।

सोधपुछका लागि श्रीमान ३८ वर्षीय लक्ष्मण भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताएका छन्।

शुक्रबार राति श्रीमान–श्रीमती होटलको पाँचौं तलामा कुर्सीमा बसेका थिए। मध्यराति साढे १२ बजे उनी पाँचौं तलाबाट ५५ फिट तल होटलको प्रवेशद्वारमा खसेकी थिइन्।

उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले १ बजेर २ मिनेट जाँदा मृ’त घोषित गरेका थिए।