नेपालमा पनि चिट्ठा परेको छ भन्दै ४६ लाख ठगि गर्ने ग्रिहो पक्राउ ,,
रंग दर्पण २० फागुन, काठमाडौं : विभिन्न देशबाट उपहार परेको छ भन्दै सामजिक संजाल मा भाइरल हुदै गर्दा नेपालमा पनि चिट्ठा परेको छ भनेर ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ तेसै कर्ममा ठगी हरु खोज्ने क्रममा हुण्डी कारोबारीलाई पक्राउ परेका छन् । पवि क्षेत्री र लक्ष्मीदेवी चपाईलाई ४० हजार पाउण्डको उपहार परेको भन्दै ५१ लाख ठगेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले हुण्डी कारोबारीलाई पक्राउ परेको हो ।
पवि र लक्ष्मीदेवीले उपहारको लोभमा नागार्जुन–४, सितापाइलाका जयराम कार्कीलाई ४६ लाख बुझाएका थिए ।
यो रकम खिचापोखरीमा जयदुर्गा ट्रेड इन्टरनेशन नामक कस्मेटिक होलसेलका सञ्चालक नारायण अग्रवाललाई दिए । अग्रवालले दिल्लीमा पंकज अग्रवाललाई पठाएको भेटिएको छ ।
अनुसन्धनका क्रममा नारायण अग्रवाल हुण्डी कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ । उनको पसलबाट स्रोत नखुलको रकम १५ लाख ६२ हजार ९२० र म्यानेजर कृष्णगोपाल अग्रपालको मोबाइलमा हुण्डी कारोबार हुल्ने एसएमएस भेटिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार हुण्डीको मुख्य कारोबारी नारायण अग्रवाल र नेपाल लोजेस्टिक प्राली खिचापोखरीका सञ्चालक राकेश गुप्ता भएको खुलेको छ । तर, दुबै फरार छन् ।
कुरियरमा काम गर्ने जयराम र कस्मेटिक होलसेलका म्यानेजर कृष्णगोपाल हुण्डी कारोबारको मतियार भएको प्रहरीले बताएको छ ।