पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा भएको पुष्टि
जेठ २८

पाल्पा – पाल्पाको रिमिघा लेक (१८०० मि. उचाइ) मा यार्सागुम्बा भेटिएको पुष्टि भएको छ।
सुन्तला बिरुवा लगाउन खाल्डो खन्दा यार्साजस्तो देखिने वस्तु फेला परेको थियो। पुष्टि गर्न नमूना प्रयोगशालामा पठाइएको थियो।
अहिले गाउँपालिकाले सूचना जारी गरी सो क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ। यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन् ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो ।
