प्रदेश २ अध्यक्षबाट प्रभु शाहले प्रचण्डलाई बुझाए राजिनामा ,,

भदौ ३ , काठमान्डौ – नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । शाहले पार्टी अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डलाई भेटेर अद्यक्ष पदबाट राजिनामा दिएका हुन् ।

शाह स्थायी कमिटी सदस्यका प्रवल दाबेदारमा पर्दछन उनको नाम कमिटिमा नपरेपछि उनि असन्तुस्ट थिए प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिकाविहीन बनाइएको थियो ।

तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोच भएको बुझाइ साहको छ।

प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्ट थिए ।

पार्टीको माथिल्लो निकायले गर्दा कहिले पनि प्रदेशमा सहज कामगर्न सकियन प्रदेशमा आफुले पार्टी चयन गरेपछि असहयोग र चौतर्फी घेराबन्दिमा परेका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

सर्वसम्मत ढङ्गबाट चुनिएको ज़िल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवं जनप्रतिनिधिहरूको प्रशिक्षणसमेत विनाकारण नेतृत्व तहबाट रोकिएकोमा चित्त दुखेको उनी निकट स्रोतले बताउँछन् ।

स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालको विरोधपछि पार्टी अध्यक्षले शपथ ग्रहण रोक्न निर्देशन दिएका थिए ।