surkhet

सर्वसाधारण चालकमाथि प्रहरीको निर्घातकुटपिट ,हेर्नुहोस भिडियो ,,

surkhet

भदौ १७ , रसुवा – रसुवामा प्रहरीले एक कन्टेनर चालकमाथि निर्घात कुटपिट गरेको छ ।जसले गर्दा सिंगो प्रहरीमा यो प्रश्न उठेको छ।

चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकमाथि दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको जनाइएको छ ।

नेपाल केरूङ सिमाना टिमुरेमा चालकलाई प्रहरीले कुटेको फोटो कैद गरि सामाजिक संजालमा राखेपछि अहिले यो विषयले सबको मनमा प्रश्न उठेको देखिन्छ।

Dailekh

प्रत्येक्ष दर्शी कन्टेनर चालक सोम तामाङ भन्छन् ,करिब साढे ४ बजे तिर गाडि टिमुरेमा सडकको कुना साइडमा राखेको थिए ।

प्रहरीले आएर आर्मीको गाडि आउछ खालि गर भन्दै थियो कन्टेनरहरु दाँयाबाँया मिलाएर राखिएको थियो । गाडी कुना साइटमा भयको र बाटो खुल्ला हुँदापनि प्रहरी आएर गाडी हटाउन दबाब दियो।

गाडी हटाउन मात्र नभई प्रहरीले अपशब्द प्रयोग गर्दै गालि गलैज गरेको र चालकले किन मलाई गालि गरेको हो गाडी हटाउछु भन्दा बाजाबाज गरि सुरुमा प्रहरीलेनै हात हालेको चालक सोम तामाङ् बताउछन।

Gorkha

प्रहरीले लात्ती बर्सौदै कपाल लुचार्दै लगेर पुन : अर्को प्रहरीले आएर उनले पनि सम्झाउनुको साटो लात्ती बजारेको स्पस्ट भिडियो हेर्न सकिन्छ ।प्रत्क्षदर्शीले किन यसरि कुटेको चालकलाई ,कानुन छैन ? ,चालकको ईजत छैन ,भनेर प्रश्नगर्दा पनि उल्टै अझै प्रहरीले हातकिन हालिस समेत बोलेको सुन्न सकिन्छ ।

उल्टै चालकलाई सदरमुकाम धुन्चे लागेको उनि बताउछन ।रसुवामा अहिले नयाँ इनिस्पेटर आएपछि यस्ता घटना घट्न थालेको चालक र स्थानिय बताउछन चालक हरुलाई मुख छाड्ने, कुट्ने लगायतको गतिबिधि बढेको छ ।

प्रहरीले कतिसम्म नराम्रो गर्छ हामीलाई भन्न जाम भने पनि कहाँ जाने । हाम्रो कुरा कस्ले पो सुनिदिन्छ र बोल्यो भने प्रहरीले त्यसै थर्काउछ । मेरा साथीभाईहरुले यस्ता घटना दैनिकजसो नै भोग्नुपरेको छ ।

अनु आचार्य रेडियो रसुवाबाट पनि जानकारी आएको छ । रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालका अनुसार उक्त टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान शुरु गरिएको बताउछन ।

हेर्नुहोस भिडियो,

https://www.facebook.com/khabarhubonline/videos/2571508826204497/?t=0

 

salyan