नेम्वाङले देउवालाई जवाफ दिए सिंहदरबारको गेटमा कुटाइ खाएको अझै भुलेका छैनौ ,
असोज २ , काठमान्डौ – प्रतिपक्षदल नेपाली कांग्रेसले बारम बार रोस्टम घेर्ने कम गरेपछि प्रतिनिधिसभाको रोष्टममा उभिएर प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सत्तापक्षका उपेनता सुवास नेम्वाङबीच सवाल जवाफ भएको छ ।
कांग्रेस सभापति देउवाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिपक्षमाथि दमन गरेको आरोप लगाएपछि नेम्वाङले रोष्टमबाटै व्यंग्यात्मक जवाफ दिँदै बिगतमा कांग्रेसबाट आफूहरु पनि दमनमा परेको स्मरण गराएका छन् ।
देउवाले बोलेपछि बोल्ने मौका पाएका पूर्वसभामुख नेम्वाङले कांग्रेससँग आफूहरुले प्रतिपक्षको हैसियतले लामो समय सहकार्य गरेको भन्दै बिगतमा आफूहरुले भोगेजस्तो अवस्था अहिलेको प्रतिपक्षमाथि आउन नदिने बताए ।
उनले भने, ‘हामीलाई त्यो बेलाका भोगाई झल्झली सम्झनामा छन् । सत्तापक्षले चिन्न सजिलो होस् भनेर दौरा सुरुवाल टोपी लाएर जनतासँग भेट्न जाँदै गर्दा सिंहदरबारको गेटमा चेप्टिने गरी धुमधाम कुटाइ खाएको पनि झल्झली सम्झना छ ।
हामीले ती घटनाबाट सिकेको छौं, हाम्रो पालामा त्यस्तो हुन दिँदैनौं ।’नेम्वाङले भने, ‘मैले कतैतिर टिप्पणी गरेको होइन । हिजो कसले कहिले के गर्नुभयो भन्नेतिर म जान खोजेको होइन । हाम्रा हिजोका पृष्ठभूमि पनि थाहा छ ।
तर प्रतिपक्षका रुपमा हामीले भोगेका सम्पूर्ण भोगाइहरु हामीलाई झल्झली सम्झना छ ।कांग्रेसले पटकपटक संसद अवरोध गरेकोतर्फ संकेत गर्दै नेम्वाङले अब कहिल्यै संसद अवरोध नहुने व्यवस्था गर्न विशेष समिति बनेको बताए ।
https://www.youtube.com/watch?v=v25G2PnFZZs&t=3s