पेट्रोल पिउने बालक ,,

रंग दर्पण २६ फागुन – कानपुर भारत – भारतको कानपुर चमंगुन्ज क्षेत्रका आठ बर्षका यक बालक साजिदले दिनहु झन्डै चार लिटर पेट्रोल पिउने गरेकाछन ।उनको यो अनुठो बानिले परिवारजन मात्र हैन छिमेकी समेत समस्यामा परेका छन् । घर वरपर मोटरसाइकल गाडी देख्ने हुदैन उनले यसो लुकेर पाइप लगायर कुलेमन ठोक्ने गरेकाछन । उनका बाबु अब्दुल्ले भने पहिले यस्तो थियन यसो गर्न लाको ५ ,६ बर्ष भयो । पहिले यो निकै गोरो पनि थियो तर पेट्रोल पिउन थाले पछि कालो पनि भयो खान न भयपनी हुन्छ तर आज भोलि लुकेर भयपनी कहा कता बाट पेट्रोल ल्याउछ अनि पिउने गर्दछ  ।