ह्याकरले लुट्यो कृषि विकास बैंकको डेढ करोड,

Naumule

असोज ७ , काठमान्डौ – ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी लुटेको छ।प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो।

सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

स्रोतका अनुसार काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ‘बैंकको सिस्टम ह्याक गरेर गिरोहले रकम निकालेको बुझ्नमा आएको छ,‘संलग्न तीन जनालाई काठमाडौंबाट नियन्त्रणमा लिइसकेको प्रहरी श्रोतले जनाएको छ।

बैंकको सिस्टम ह्याक गरेर पैसा लुट्ने ती व्यक्तिको पहिचान भइरहेको भन्दै पक्राउ परेका व्यक्तिबारे प्रहरीले खुलाएको छैन। ‘घटनाबारे अनुसन्धान भइरहेको छ र मान्छे नियन्त्रणमा रहेकाले अहिले सबै खुलाउन नमिल्ने प्रहरी स्रोतले बतायो ।

Gurvakot

स्रोतका अनुसार बैंकको सिस्टम ह्याक कसरी भयो भन्ने विषयमा कृषि विकास बैंक केन्द्रीय कार्यालयले विज्ञको टोली खटाएर अनुसन्धान गरिरहेको छ।

‘ठूलो परिमाणमा पैसा गायब भएको देखिन्छ, तर त्यो गिरोह को हो भन्ने विषयमा हामी पनि पहिचान गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो।

प्रहरीले मंगलबार दिउँसो ह्याकरको सो टोलीलाई काठमाडौंबाट पक्राउ गरेको भए पनि यसबारे विस्तृतमा खुलाइएको छैन। प्रहरीले यो प्रकरणमा अनुसन्धान भइरहेको भन्दै प्रहरीले विस्तृतमा बताएको छैन।

केहि हप्ता गाडी मात्र पनि ह्याकरले नेपालका विभिन्न बैंकको २ करोस बढी रकम चोरेको थियो , जसमा ५ चाईनिज पक्राउ परेका छन्।

Bangad kupinde