कर्णाली प्रदेशका मुख्यमन्त्रीको नक्कली फेसबुकबाट कार्यालय प्रमुखलाई निर्देशन ,,

असोज १२ , काठमान्डौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नक्कली फेसबुक एकाउन्टबाट गलत क्रियाकलाप भएको पाइएको छ ।

मुख्यमन्त्रीकै नक्कली फेसबकु बनाएर गलत क्रियाकलपा भएको जानकारी भएपछि सचिवालयले कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ ।

मुख्यमन्त्रीको नाममा नक्कली फेसबुक एकाउन्टबाट बनाएर केही व्यक्ति र सरकारी निकायका प्रमुखलाई म्यासेज गएपछि गलत क्रियाकलाप भएको थाहा हुन आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट मुख्यमन्त्री हुन् भन्दै विभिन्न आयोजना दिन सिफारिस गर्ने गरेको समेत मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

मुख्यमन्त्रीको सचिवालयले मुख्यमन्‍त्रीको आधिकारिकबाहेकका एकाउन्ट नक्कली रहेकोले यसबाहेकका फेसबुक एकाउन्टबाट कुनै गतिविधि भएको थाहा पाए जानकारी गराउन आग्रह गरेको छ ।

यसअघि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको पनि नक्कली फेसुबुक एकाउण्ट बनाएर केही म्यासेर र पोष्टहरु भएको पाइएको थियो ।

Image may contain: text