निवर्तमान सभामुख महराको स्वास्थ्यमा सुधार आएन मंगलबार अदालतबाट अस्पताल लगिने ,,

असोज २७ , काठमान्डौ – निवर्तमान सभामुख कृष्ण बहादुर महराको स्वास्थ्यमा अझै सुधार आएको छैन ,अहिले महरा नर्भिक अस्पतालमा उपचाररत छन्।महरालाई भोलि मंगलबार काठमान्डौ जिल्ला अद्लातमा लगिने छ ।

,थुनामा राखेर थप अनुसनधान गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।

महरामाथि सचिवालयकि कर्मचारी रोशनी शाहीले बलात्कारको आरोप लगाएकि छिन घटनाको बारेमा अनुसन्धान गर्ने भन्दै गत १९ गते जिल्ल्ला अदालत काठमान्डौले पक्राउ पुर्जी जारि गरेको थियो ।

सोही पक्राउ पूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ। महरालाई थुनामा राख‍ेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेपनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन।

मंगलबार अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरी तयारी छ।प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि मंगलबार अदालत हाजिर गर्न लागिएको जनाएको छ। सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द गरिएको छ।